सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कार्यदल सक्रिय

संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कार्यदल सक्रिय

काठमाडौँ । संघीयता कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको समाधान गर्न गठन गरिएको कार्यदलले काम सुरु गरेको बताईएको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठन गरिएको कार्यदलले काम सुरु गरेको हो । सरकारका अर्थमन्त्री युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सदस्य, मुख्य सचिव सदस्य सचिव रहेको कार्यदलको बैठकले गृहकार्य सुरु गरेको छ ।
कार्यदलले एक हप्ताको गृहकार्य गरेर पुसको ३ गते १ बजे सबै संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितिमा प्रतिबेदन बुझाउने तयारी छ। अन्तर प्रदेश परिषदको सोमबार सम्पन्न बैठकले कार्यदल गठन गरेको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend