सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आर्थिक पत्रकार संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सिताराम भट्टराई

आर्थिक पत्रकार संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सिताराम भट्टराई

नेपाल आर्थिक पत्रकार संघको नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा सम्पन्न चौथो महासभाले सिताराम भट्टराईको अध्यक्षतामा नाफिजको नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । अध्यक्षमा भट्टराईसहित उपाध्यक्षहरुमा इन्द्र बाँनिया, राजेश बर्मा र छविलाल बगाले निर्वाचित भएका छन् । यसैगरी संस्थाको महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् ।

कार्यसमितिको कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । महासभाले १९ सदस्य केन्द्रीय कार्यसमिति चयन गरेको छ । कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल सर्वसम्मतले निर्वा्चित भएका छन् ।

नव निर्वा्चित पदाधिकारीहरुलाई सुचना तथा सञ्चार मन्त्री बास्कोटाले खादा तथा प्रमाणपत्र वितरण गर्दै बधाई तथा शुभकामना दिएका थिए । विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरु आयोजना गर्ने, मुलुकको आर्थिक समृद्धिका लागि आर्थिक बहसका कार्यक्रमहरु चलाउने र तथ्यमा आधारित समाचार लेख्न आर्थिक पत्रकारहरुलाई प्रोत्साहन गर्ने लगायतका योजना नाफिजको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend