सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निगमका महाप्रबन्धक कंसाकारमाथि राजीनामाको चौतफी दबाब

निगमका महाप्रबन्धक कंसाकारमाथि राजीनामाको चौतफी दबाब

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई राजीनामा दिन दबाब पर्न थालेको छ । दुई वटा वाइडबडी विमान खरिदमा विवादित कंसाकारले नैतिकताको आधारमा राजीनामा दिर्न दबाब पर्न थालेको हो । यस विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको छ ।

संसदीय समितिको छानविनलाई प्रभावकारी बनाउन पनि उनले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ । सार्वजनिक लेखा समितिका सदस्य विशाल भट्टराईका अनुसार कंसाकारले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

कंसाकारले राजीनामा नदिए मन्त्री रवीन्द्र अधिकारी भए पनि पदबाट हट्नुपर्ने उनको भनाई छ । आरोपी व्यक्ति नै सरकारी निकायमा रहिरहँदा छानबिन प्रभावकारी हुन नसक्ने उनको भनाइ छ । यसले कंशकारमाथी दबाब पुगेको प्रष्ट हुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend