काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । एनआईसी एसियाको सञ्चालक समितिको बैठकले यसअघि का.मु प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएपछि न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।
आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् । न्यौपाने चार्टड एकाउण्टेण्टसमेत हुन् । नवनियुक्त न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आइतबार नै बैंकका संचालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend