काठमाडौं । श्रीगणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२औं साधारणसभा सम्पन्न गरेको छ। बागमती प्रदेश सभा सदस्य ज्ञान बहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले समिक्षा आर्थिक वर्षको संचित मुनाफाबाट शेयर सदस्यहरुलाई ७.५ प्रतिशत नगद लाभांश प्रदान गरेको छ ।

उक्त साधारणसभाले रिक्त रहेको संचालक समितिको सचिब पदमा हाल सदस्य रहेका राजेन्द्र आचार्य लाई नियुक्त गर्ने प्रस्ताव अनुमोदन गरेको छ। त्यस्तै रिक्त हुन आउने सदस्यमा खेमराज उप्रेतीलाई चयन गरेको छ।

संचालक समितिको तर्फबाट अध्यक्ष नमराज ढकालले प्रस्तुत गरेका संस्थाको आ.व.२०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन सभाले छलफल र सुझावसहित पारित गरेको छ। यसै वर्षको वासलात, लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित भए ।

समिक्षा आर्थिक वर्षको अन्त्य सम्ममा यस सहकारीको सदस्य संख्या १०२५ पुगेको छ भने शेयर पूंजी रु.५करोड ७५ लाख ३५ हजार । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामुदायिक विद्यालयका विद्यार्थिलाई सहयोग लगायतका कामहरु गर्दै आएको छ। संस्थाले सम्पूर्ण आर्थिक कारोबारका लागि ई-बैंकिङ सेवा पनि शुरु गर्न लागेको अध्यक्ष ढकालले साधारणसभामा जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend