काठमाडौं । नेप्लिज मार्केटिङ एसोसिएसनले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । संस्थाले होटल याक एण्ड यतिमा २४ डिसेम्बरमा वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका अध्यक्ष महेश स्वाँरले सरकारी निकायसँग सहकार्य गरेर नेपालको बजारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्य रहेको बताए ।
एसोसिएसनले कनफेडेरेसन अफ नेप्लिज इनडसट्रिज(सीएनआई), राष्ट्रिय आविस्कार केन्द्र र एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टसँग सहकार्य गर्ने सहमति समेत भएको जनाएको छ । कार्यक्रममा सीएनआईका राजबहादुर शाह, राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुन र एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टका अभिषेक कार्कीको सहभागिता रहेको थियो ।
त्यसैगरी ,नेप्लिज मार्केटिङ एसोसिएसनले सीएनआईलाई मेक इन नेपाल, सीएनआईवाईईएफ स्टार्टअप क्यामपेन, इन्क्युवेसन सेन्टर लगायतका अन्य मार्केटिङ, ब्रान्डिङ, प्याकेजिङको काममा सहयोग गर्ने भएको छ । त्यसैगरी राष्ट्रिय आविस्कार केन्द्रलाई कृषि औजार अनुसन्धान र मार्केटिङमा सहयोग गर्ने र एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टलाई मार्केटिङ सम्मेलनमा सहयोग गर्ने सम्झौता समेत भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend