सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

क्यास सहकारीको १३औं साधारणसभा सम्पन्न

क्यास सहकारीको १३औं साधारणसभा सम्पन्न

 

ललितपुर । क्यास बचत तथा ऋण सहकारी लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। पौष २ गते शनिबार सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष अरबिन्द कुमार दासले यस आ.व.२०७८/७९ मा कर्जा असुली र अन्य आर्थिक सुचाकंमा सुधारहरु भएकोले खुद नाफा वृद्धि भएको जानकारी दिए।

अध्यक्ष दासले आफ्नो सहकारी पारदर्शिता र सुशासनमा प्रतिबद्ध रहेकोले विश्वस्त भएर कारोबार गर्न सदस्यहरुलाई आग्रह गरे। आगामी वर्षमा संस्थाको चुक्ता पूंजी वृद्धि गर्दै जाने पनि उनले बताए ।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका संस्थाको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात,लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाले पारित गर्‍यो ।

आ.व.२०७८/७९ मा शेयरपूंजी रु.२ करोड २ लाख ८८हजार ९ सय रहेको सहकारीले रु.१ करोड ६३ लाख २७ हजार मुनाफा आर्जन गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend