सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

युगवाणी सहकारीको साधारणसभा सम्पन्न ,११% लाभांश प्रदान

युगवाणी सहकारीको साधारणसभा सम्पन्न ,११% लाभांश प्रदान

 

युगवाणी बचत तथा ऋण सहकारी लिमिटेडको १३औं साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मोहन बहादुर बलामीको अध्यक्षतामा पौष  ९ गते  शनिबार सम्पन्न साधारणसभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि.उप्रेती , नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरु लगायतको आतिथ्य रहेको थियो।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष बलामीले प्रस्तुत गरेका संस्थाको आ.व.२०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

समिक्षा आर्थिक वर्षको वासलात,लेखा र सुपरिवेक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

संस्थाले यस वर्ष सदस्यहरुलाई ११% शेयर लाभांश साधारणसभाबाट प्रदान गरेको छ।

साधारणसभाले आगामी ४वर्षको कार्यकालको लागि मोहन बहादुर बलामीकै अध्यक्षतामा नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको छ। त्यसैगरी , लेखासुपरिवेक्षण समितिको पनि निर्वाचन सम्पन्न भएको छ।

आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा यस सहकारीमा २११२ सदस्यहरु र शेयर पूंजी रु. १ करोड ९५ लाख ७४ हजार रहेको छ। संस्थाले यस वर्ष रु.५७,८०१५१|२० मुनाफा कायम गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend