शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सत्ता गठबन्धन भत्किएपछि एमालेसहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दै

सत्ता गठबन्धन भत्किएपछि एमालेसहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दै

काठमाडौं । रास्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न दिएको  समय सिमा आज साँझ पाँच बजे सकिएको छ ।

नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नाटकीय रुपमा प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार बन्ने निश्चित भएको हो । निर्धारित समय सकिनु केही अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय ‘शीतल निवास’ पुगेका छन् ।

रास्ट्रपतिको कार्यालय शीतल निवास जानुअघि प्रचण्ड, ओली लगायतका नेताहरुले ओलीको बालकोटस्थित निवासमा बहुमत जुटाउन राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल लगायतका दलसँग छलफल गरेका थिए ।

रास्ट्रपतिसमक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७ दलका १६६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ रहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend