काठमाडौं ,१० पौष । तेह्रथुम पावर कम्पनी लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष भुपतिलाल श्रेष्ठको सभापतित्व र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ्गको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका आ.व.२०७८/७९ को कम्पनीको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
समिक्षा आर्थिक वर्षको वासलात, लेखापरिक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब तथा नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाले पारित गरेको छ।
कम्पनीले तेह्रथुम जिल्लाको माथिल्लो खोरुङ्गा खोलामा ७.५ मे.वा. को जलविद्युत आयोजनाबाट २०७६ फागुनदेखि व्यवसायिक उत्पादन गरिरहेको छ। यसैको क्यासकेट परियोजनाको रूपमा २ मे.वा.को अर्को आयोजना सम्पूर्ण प्रक्रिया पुरा गरि निर्माणाधिन रहेको छ।
नेपाल विद्युत प्राधिकरणले समयमै प्रसारण लाईन र सवस्टेसन निर्माण सम्पन्न गरेर आयोजनाले उत्पादन गरेको सबै विद्युत खरिद नगरेको कारण रु. ३० करोड बराबरको विद्युत खेर गएको प्रबन्ध संचालक मोहन कुमार डाँगीले सभामा जानकारी गराए। यो समस्या केहि महिनामा तेह्रथुमको वसन्तपुरमा २२० केभिए सवस्टेसन निर्माण सम्पन्न भएपश्चात् समाधान हुने उनलेे बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend