सुर्खेत,९पौष । नेपाल पत्रकार महासंघको सुर्खेतमा भएको साधारणसभा १५ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। पौष ८ गते शुक्रबार सुुरु भएको साधारणसभा सुर्खेत घोषणा पत्र जारी गर्दै ९ गते शनिबार सम्पन्न भएको हो।
महासंघका महासचिव रोशन पुुरीद्वारा हस्ताक्षरित घोषणा पत्रमा नेपाल पत्रकार महासंघले नेपाली पत्रकारहरूको हकहितको पक्षमा दृृढतापूर्वक उभिँदै मुलुुकमा लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका लागि पैरवी गर्दै आएको र नेपालको संविधानले प्रेश तथ अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएको तीन तहका सरकार तथा राजनीतिक दलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको उल्लेख गरिएको छ।
महासंघको साधारणसभामा सो कुराप्रती गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीन तहका सरकारलाई आग्रह गरिएको छ। नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हकको सुनिश्चित गर्नसमेत माग गरिएको छ।
घोषणापत्रमा इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौती थपिएको सन्दर्भमा केन्द्रीय साधारण सभा आमपत्रकारलाई सचेततापूर्वक डिजिटल माध्यमको प्रयोग गर्न आग्रह पनि गरिएको छ।
घोषणापत्रमा सम्बद्ध निकायलाई डिजिटल माध्यममार्फत प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नहरूमाथि आवश्यक कारबाहीका लागि जोडदार माग गरिएको छ।
मिडिया काउन्सिल, सूचना प्रविधि, सार्वजनिक सेवा प्रसारणसहितका विभिन्न सञ्चार कानुनसहितका २०७४ देखि २०७९ को संघीय संसदबाट निर्माण हुन नसक्नुु दुःखद पक्ष भएको त्यसमा उल्लेख गरिएको छ।
साधारणसभाले संविधानअनुुसारका सञ्चार कानुन तत्काल निर्माण गर्न र पुराना कानुनमा सुधार ल्याउन आग्रह गरेको छ।
महासंघको घोषणापत्र तयारीका लागि पत्रकार अनिता बिन्दुुको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो। यसअघि शुक्रवार सभाको राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरेकी थिइन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend