काठमाडौं,८पौष। इन्फिनिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पौष ८गते शुक्रबार लैनचौरस्थित लैनचौर बैंकेटमा संस्थाको साधारणसभा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष प्रेम प्रसाद नेपालको अध्यक्षतामा भएको सभाले समिक्षा आर्थिक वर्षको संचित मुनाफाबाट शेयर सदस्यहरुलाई ५.६८% लाभांश प्रदान गरेको छ।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। आ.व.२०७८/७९ को वासलात,लेखापरीक्षण प्रतिवेदन ,नाफा-नोक्सान हिसाब र नगद्प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाका प्रमुख अतिथि पुर्वसचिव खेमराज नेपालले विगत तीन वर्षको कोरोना महामारी लगायतका आर्थिक ,राजनीतिक,सामाजिक विषमताका बिच पनि यस सहकारीको संचालन उत्कृष्ट ढंगबाट भएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend