काठमाडौं,८ पौष । माउन्टेन इनर्जी नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभाले नयाँ संचालक समितिको चयन गरेको छ। पौष ८गते सम्पन्न भएको कम्पनीको साधारणसभाले सुर्हुद राज घिमिरेकै अध्यक्षतामा संचालक समितिको निर्विरोध निर्वाचन सम्पन्न गरेको हो।
साधारणसभाबाट कम्पनीले समिक्षा आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनिहरुलाई १०.५२६३% अर्थात कर कट्टि गरि १०% लाभांश प्रदान गरेको छ।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका कम्पनीको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। आ.व.२०७८/७९ को वासलात, लेखापरीक्षण प्रतिवेदन ,नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका आर्थिक विवरण पनि सभाबाट पारित भएका छन् ।
कम्पनीले हाल तादी खोला जलविद्युत आयोजना (५ मे.वा.) र मिर्स्टी खोला जलविद्युत आयोजना (४२ मे.वा.) निर्माण सम्पन्न गरी व्यवसायिक उत्पादन गरिरहेको छ। आ.व.२०७७/७८ मंसिरमा यस कम्पनीले सर्वसाधारणको लागि शेयर निष्कासन गरेको थियो र हाल शेयरबजारमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend