काठमाडौं ८ पुस । नेकपा एमालेका प्रखर युवा नेता राम प्रसाद रिजालले मुलुकको राजनीतिक स्थायित्वका लागी काँग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने सुझाव दिएका छन । आज खवरब्रेकिंग संग कुरा गदै उनले यस्तो सुझाव पेस गरेका हुन । धेरै टालाटुली बटुलेर बनाएको सरकार लामो समय सम्म टिक्न नसक्ने र त्यस्तो सरकारले मुलुकलाई निकास दिन नसक्ने उनको दाबी छ । अब एमाले र काँग्रेस मिलेर सरकार गठन गर्न ढिलाई गर्न नहुने भन्दै उनले देउवा र ओली बिच सार्थक बार्ता हुनु पर्ने बताए । नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री दिए देशमा अस्थिरता निम्त्याउन सक्ने खतरा भएको उनले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गठबन्धनले प्रधानमन्त्री बनाउन खोजनु भनेको जनमतको अपमान हुने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend