सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभाबाट ११% लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभाबाट ११% लाभांश पारित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षका लागि चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर तथा ७ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ।

सभाले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने निर्णय पनि पारित गरेको छ । छिट्टै मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सुरु गर्ने क्रममा रहेको बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्भेष्टमेन्ट बैंकले ६ अर्ब २८ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड पुगेको छ ।

बैंकको निक्षेप अघिल्लो वर्ष १७९ अर्ब ४० करोड रहेकोमा आव २०७८/७९ मा १८६ अर्ब ७६ करोड पुगेको छ । त्यसैगरी कर्जा लगानी तर्फ अघिल्लो वर्ष १६१ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा आव २०७८/७९ मा १६४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend