सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्टको छैटौं साधारणसभा सम्पन्न

चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्टको छैटौं साधारणसभा सम्पन्न

 

काठमाडौं ,७पौष । चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पौष ७ गते बिहीबार चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा सभा सम्पन्न भएको हो।

कम्पनीका अध्यक्ष चन्द्र सिंह साउदको अध्यक्षतामा सम्पन्न साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका कम्पनीको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। आर्थिक वर्ष २०७८/७९ को वासलात ,लेखापरीक्षण प्रतिवेदन , अन्य आर्थिक प्रतिवेदन , लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पनि सभाबाट पारित भए।

चुक्ता पूंजी रु.१५ करोड रहेको कम्पनीले समिक्षा आर्थिक वर्षमा रु.५७ लाख ३६हजार खुद नाफा आर्जन गरेको छ। कम्पनीले यस वर्ष होटेल फरेस्ट इन र हव रेमिटमा पनि लगानी गरेको छ।

साधारणसभामा अध्यक्ष सिंहले कम्पनी पारदर्शिता र सुशासनमा प्रतिबद्ध रहेकोमा सेयर सदस्यहरुलाई आस्वस्त रहन अनुरोध गरे। आगामी १० वर्षमा कम्पनीलाई पूंजीबजारको उत्कृष्ट pioneering company को रूपमा स्थापित गर्ने उनले प्रतिबद्धता जनाए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend