काठमाडौं ,७पौष । डिप्लोमा इन्जिनियर्स एशोसिएसन (डिन)मा नयाँ कार्यसमितिको चयन भएको छ। डिनको १ देखि ३ पौष २०७९ मा काठमाडौंमा सम्पन्न १४औं राष्ट्रिय सम्मेलनबाट कामेश्वर प्रसाद सिंहको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
उक्त सम्मेलनले आगामी तिन वर्षको कार्यकालका लागि सिंहको अध्यक्षतामा ३० पदाधिकारी र सदस्य रहेको कार्यसमिति निर्वाचन मार्फत चयन गरेको हो।
राष्ट्रिय सम्मेलनले २१ बुँदे कार्ययोजना सहित विभिन्न निर्णयहरु गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
एशोसिएसनले राज्यका निकायमा हुने प्राविधिक दरबन्दिको विज्ञापन र पदपूर्ति लोकसेवा आयोगमार्फत हुनुपर्ने माग गर्दै आएको छ। स्तरीय र दिगो संरचना निर्माणका लागि राज्यले डिप्लोमा ईन्जिनियर्सको भुमिकालाई महत्त्व दिनुपर्ने अध्यक्ष सिंहले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend