काठमाडौं । सानिमा बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष ३गते आइतबार भाटभटेनीस्थित आम्रपाली बैंकेटमा सभा सम्पन्न भएको हो।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ
साधारण सभाबाट सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेशकुमार पोखरेल निर्वाचित भएका छन् ।
आर्थिक बर्ष २०७८/७९ मा रु. २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १९२.५१ अर्ब, कुल निक्षेप रु. १५८.८८ अर्ब तथा खुद कर्जा सापटी रु १४१.६९ अर्ब रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले बृद्धि गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend