डा डीआर उपाध्याय
काठमाडौं, पुस १३ ।नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । माओवादी केन्द्रले यो महाधिवेशनबाट कस्तो नीति ल्याउला भन्ने कुरामा सबैको चासो बढेर गएको छ । पार्टीलाई कुन धारमा लैजान्छ भन्ने चासो हो । माओवादी केन्द्र मुलुकको तेस्रो ठूलो राजनीतिक दल पनि हो । शान्तिपूर्ण राजनीतिक मूल धारमा आए पछि यो पार्टीले संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको छ । तर, यसले क्रान्ति गर्ने भन्ने कुरा अझै छाडेको छैन । माओवादी पार्टी अझै दुविधाको अवस्थामा रहेको मान्न सकिन्छ । यो कुराले जनतामा एक खालको आशंका पैदा भइरहेको छ । जेसुकै भए पनि माओवादी प्रति जनता आर्कर्षित छैनन् ।
त्यति ठूलो पार्टी फुटेर चिरा चिरामा बिभाजित छन् । मोहन बैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘बिप्लव’, टोपबहादुर रायमाझी, रामबहादुर थापा ‘बादल’ लगायतका नेता पार्टी छोडेर गएका छन् । यी नेता बिनाको माओवादी खल्लो जस्तो देखिएको छ । आमजनताको हितमा समर्पित हुने खालका एजेन्डा खै ? एजेन्डा मात्र उठाएर हुँदैन ब्यवहामा लागु गरेर देखाएको खै ? माओवादी संसदीय पार्टी बन्ने वा ‘क्रान्तिकारी’ पार्टी बन्ने भन्ने दोसाँधमा रहेको कारणले नै पार्टी कमजोर बनेको हो । माओवादीले यो बिषयमा आत्म समिक्षा गर्न जरुरी छ । अहिले माओवादी आफैँले नयाँ क्रान्तिकारी विचार निर्माणको कुरा गरिरहेको छ ।
क्रान्तिकारी पार्टी निर्माण गर्ने भनिरहेको छ । कुरा मात्र गर्ने हो की काम पनि गर्ने हो ? माओवादीले स्पस्ट बाटो लिन सकेन । संसदीय पार्टी पनि भन्र्ने क्रान्तिको बाटो पनि छोडदैनौं भन्ने यो दोहोरो रणनीतिले माओवादीलाई अघि बढाउन सक्दैन । कुरा स्पस्ट छ । जनतामा आशंका हुने खालका गतिविधिले पार्टीको हित गर्दैन । जनतामा कौतुहलता उब्जनु स्वभाविक हो । यो पार्टी प्रति अझै पनि जनतामा विश्वास छैन । यसले बोल्ने एउटा गर्ने अकै भए पछि जनताले कसरी पताउँछन । बोलेको कुरा व्यवहारमा कार्यान्वयन हुनुपर्छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफूहरू आमूल रूपमा परिवर्तन हुने र देश तथा जनतालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै आइरहेका छन् । उनको प्रतिबद्धताले साँच्चै नै व्यावहारिकता प्रदान गर्न सक्छकी सक्दैन त्यो नै गम्भिर प्रश्न हो । कुनै पनि पार्टीले आफ्नो महाधिवेशनमा लिने विचार, कार्यदिशा, नीति र कार्यक्रम राम्रै हुन्छन । तर, ब्यवहारमा लागु हुने कुराको मात्र अर्थ रहन्छ । पार्टीहरूले लिने विचार, नीति तथा कार्यक्रम जनताले सबै हेरिसकेका छन् । पार्टीहरूले सरकारमा गए पछि विचार, नीति तथा कार्यक्रम सबै कुरा बिर्सन्छन । जति क्रान्तिका कुरा गरे पनि सत्तामा गएपछि ताल उस्तै हो ।
पार्टीहरूले सत्तामा गएपछि आफ्नो आदर्श, विचार र उद्देश्य बिर्सनु हुँदैन । आफ्ना विचार, नीति र कार्यक्रम प्रतिबद्धताका साथ लागु गर्नुपर्छ । अनि मात्र जनताले बिश्वास गर्छन । माओवादीले लिने विचार, नीति तथा कार्यक्रम जनताको पक्षमा हुनुपर्छ । माओवादी केन्द्रले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई सान्त्वना दिने काम बाहेक अरु केही गर्न सकेको छैन । अब माओवादी केन्द्र क्रान्तिकारी पार्टी बन्ने कि संसदीय दल बन्ने रु यो माओवादी नेता कार्यकर्ताको प्रश्न हो ।
अब क्रान्तिका कुरा गरेर जनताले बिश्वास गर्नेवाला छैनन् । संसदीय अभ्यासबाटै माथि उठने प्रयास माओवादीले गर्नुपर्छ । माओवादी केन्द्रका लागि यति बेला अन्तर्राष्ट्रिय परिस्थिति पनि असहज छ । यस्तो बेलामा माओवादी केन्द्रले गम्भिरताका साथ सोंचन जरुरी छ । यस्तो अवस्थामा माओवादी केन्द्रका लागि संसदीय अभ्यास नै राम्रो बाटो हो । यही बाटोतर्फ अघि बढेर जादा मात्र माओवादी पार्टीको हित हुने छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend