काठमाडौं, पुष २ । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले पद नपाएर माधव नेपालको पार्टी नेकपा (एकिकृत समाजवादी) छोडेको भन्ने आरोप झुठा भएको बताएका छन । उनले सामाजिक सञ्जालमा आफूमाथि लागेका आरोपमा सत्यता नभएको बताएका हुन । यस्ता असत्य आरोपमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै उनले भने, ‘मलाई अब थप्ने माधव नेपालको पार्टीको केन्द्रीय सदस्यको लागि तपाईको नाम परिसकेको छ, भनेर माधवकुमार नेपाल लगाएत नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय नेताहरुले पटक पटक फोन गरिरहेका छन । मैले उक्त पार्टीको केन्द्रीय सदस्य पदलाई अस्वीकार गरेको र आफू पद भन्दा पनि पार्टी विभाजन को पक्षमा नरहेको जानकारी गराउदछु ।’
उनले सामाजिक सञ्जालमा आफू माथि प्रयोग भएका असभ्य जंगली किसिमका गालीगलौजहरुले हाम्रो समाज कता तिर गईरहेको छ रु भन्दै प्रश्न गरे । उनले भने, ‘व्यक्तिको लेखाई उसले गर्ने टिप्पणी हरु बोल्ने शब्द र भाषा आदिले नै व्यक्तिको हैसियत लेभल बौद्धिकता छुट्टयाउने भएकोले त्यसमा मेरो भन्नु केही छैंन ।’ ताली र गालीले नै हरेक क्षेत्रमा मानिस सफलता तिर लम्किने भएकोले आफुलाई राजनीतिमा उर्जा थपेको उनले बताए । उनले भने, ‘मेरो विषयमा हजारौले सामाजिक सञ्जाल मार्फत सकारात्मक नकरात्मक कमेन्टहरु गरीरहेकोले मेरो राजनीति यात्रालाई अगाडि बढाउन आफुलाई झन बल पुगिरहेको छ ।’
आफु मधेसी जनाधिकार फोरम नेपाल संघीय समाजवादी फोरम नेपाल र समाजवादी पार्टी नेपालमा गरी १० वर्ष भन्दा बढी केन्द्रीय समितिमा बसिसकेको उनले बताए । उनले भने, ‘अन्तमा आफु समाजवादी पार्टीको सह–प्रवक्ता छोडेर २ बर्ष अगाडि नेकपामा प्रवेश गरेकोले र आफु पद नपाएर हिजोको नेकपा अहिलेको एमाले पार्टीमा आएको हैन सबैलाई चेतना होस ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend