शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कांग्रेस प्रदेश १ को मतगणना दिउँसो १ बजेपछि मात्रै

कांग्रेस प्रदेश १ को मतगणना दिउँसो १ बजेपछि मात्रै

 

 

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजे सुरु हुने जनाइएको छ ।

शनिबार बिहान ८ बजे गर्ने भनिएको मतदान अपराह्न २ः १५ देखि सुरु भई राति ८ बजे मात्रै सकिएको थियो ।

कूल एक हजार ७७० मतदातामा एक हजार ७५२ मत खसेको थियो । प्राविधिक कारणले मतगणना सुरु हुन ढिलो भएको नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए । कांग्रेस प्रदेश १ मा संस्थापन पक्षबाट उद्धब थापा र इतर पक्षबाट गुरूराज घिमिरेले उम्मेदवारी दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend