शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पार्टी एकता​का लागि बाबुराम र विप्लवसँग छलफल गर्दै छौँः महरा

पार्टी एकता​का लागि बाबुराम र विप्लवसँग छलफल गर्दै छौँः महरा

 

 

काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादी छाडेर गएका नेताहरुसँग सहकार्य र एकताको प्रयास भइरहेको बताएका छन् । उनले बाबुराम भट्टराई, विप्लव लगायतका नेतासँग सहकार्य र एकताका लागि छलफल भइरहेको बताएका हुुन् ।

पार्टीको सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले प्राप्त उपलब्धिलाई उल्ट्याउने षडयन्त्र भइरहेको भन्दै माओवादी शक्तिहरु एक हुनुपर्ने बताए ।

संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेको पाँचदलीय गठबन्धनलाई तोड्न अहिले विदेशी शक्ति लागि परेको उनको आरोप छ ।

आफूहरु संविधानका उपलब्धि जोगाउने पक्षमा रहेको तर अर्को ध्रुव उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय रहेको उनले आरोप लगाए । उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेको उनको भनाइ थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend