शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्नेछः ओली

एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्नेछः ओली

 

 

काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने दाबी गरेका छन ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन । उनले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरे । आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने उल्लेख गर्दै उनले भने, –‘अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्नेछ ।’

आफ्नो नेतृत्वको सरकार हुँदा केही काम गर्न नटबोल्ट जोड्ने काम गरेपनि अरु कसैले फुस्काई दिएको टिप्पणी गर्दै उनले अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए । उनले भन,े ‘मैले अलि केही काम गर्नका लागि नटबोल्ट जोडेको थिए । कसले कसले खुस्काई दियो । खुस्केका खुट्टा गए । मेहनत गरेर जोडियो । धराहरा र रानीपोखरी बनेपछि तिनको छाती पोल्यो, तिनको दिमाग भतभती पोल्यो ।’ कार्यक्रममा उनले अब तीन तहको निर्वाचनमा पार्टीले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend