बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कक्षा–१२ को नतिजा सार्वजनिक हुने मिति तोकियो

कक्षा–१२ को नतिजा सार्वजनिक हुने मिति तोकियो

 

काठमाडौं, १६ मंसिर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल शुक्रबार प्रकाशित गर्ने भएको छ । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले भोलिसम्ममा नतिजा सार्वजनिक गरिने तयारी रहेको जानकारी दिए ।

गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

यस्तै, कोभिड–१९ का कारण परीक्षा दिन नपाएकाहरूले बुधबारदेखि परीक्षा दिएका छन् । कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन् । ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend