अर्घाखाँची १२, मंसिर । हिजो अर्घाखाँचीको नरपानीमा बस दुर्घटना परि मृत्यू भएका १९ जनाको सनाखद भएको छ । मृतक सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा १० जना घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।
लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउदै गर्दा नरपानी बजार नजिकै कालाखोलामा हिजो अपरान्ह करिब ४ बजेतिर दुर्घटनाग्रस्त भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend