बिष्णु प्रसाद शर्मा
बर्तमान सरकार गठन भएको २२ महिना बितिसकेको छ । तर पनि अहिले सम्म सरकारले सुशासन कायम गर्न सकेको छैन । सुशासनका दिशामा सरकार अघि बढ्न सकेन । यो नै जनताको निराशा हो ।
‘सुशासन’ भनेको विधिको शासन, प्रभावकारी जनसहभागिता, काम कारबाहीमा पारदर्शिता र जवाफदेहिता, सार्वजनिक क्षेत्रको प्रभावकारिता, काम कारबाहीको वैधता, र सहिष्णुतालाई प्रवद्र्धन गर्ने मूल्यमान्यता नै सुशासन हो । सुशासनको अभावमा सभ्य संवैधानिक राज्य निर्माण हुन सक्दैन ।
सुशासनबिना दिगो विकास र समृद्ध देश सम्भव हुँदैन । सुशासन अर्थपूर्ण हुन बलियो न्यायपूर्ण व्यवस्थाका साथै राजनीतिक र प्रशासकीय प्रक्रिया जिम्मेवार र उत्तरदायी हुनुपर्छ । सुशासन कायम गर्न विधिको शासन पालना गर्नु पर्छ । यसका लागी भ्रष्टाचार र अनियमितताको रोकथाम र नियन्त्रण आवश्यक हुन्छ ।
दिगो शान्ति र समृद्ध देश निर्माण आजको आबश्यकता हो । बर्तमान सरकार यो दिशामा अघि बढेको देखिदैन । विधिको शासन, भ्रष्टाचारमुक्त समाज, दण्डहीनताको अन्त्य हुन जरुरी छ ।
दिगो शान्ति स्थापना हुन शासन व्यवस्था उत्तरदायीपूर्ण हुनुपर्छ । देशमा सुशासन कायम गर्नका लागी निश्चित पूर्वसर्तहरू निर्धारण गर्नु पर्छ । सूचनामा नागरिकको सहज पहुँच पुग्नु पर्छ । काम कारबाहीमा पारदर्शिता हुनु पर्छ ।
यो शासन व्यवस्थामा भ्रष्टाचार अत्यधिक भएको छ । जसको कारण आमनागरिकमा शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवाजस्ता विषयको सहज पहुँच पुगन सकेको छैन ।पारदर्शी नहुँदा विभिन्न किसिमबाट भ्रष्टाचार भइरहेको खवरहरु आइरहेका छन । राजनीतिक इच्छाशक्तिको अभावमा नै भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारको रोकथाम हुनु पर्छ । यदि भ्रष्टाचार रोकथाम भएन भने मुलुक बर्वाद हुने निश्चित छ ।
। सार्वजनिक सेवाको प्रवाहमा प्रभावकारिता बढाउनु पर्ने आबश्यकता देखिन्छ । सार्वजनिक सेवा प्रभावकारी नभएसम्म सुशासन कायम हुन सक्दैन । सुशासन कायम भएमा मात्र राज्य व्यवस्थाप्रति जनताको विश्वास बढ्छ । देशमा सुशासन कायम हुन नसकेर राज्य असफल हुन लागेको छ ।
कमजोर विधिको शासन र जवाफदेहीबिनाको राजनीतिले सुशासन कायम गर्न सक्तैन । नेपाल लामो समयदेखि राजनीतिको प्रयोगशाला भइरहेका कारण राजनीतिक अस्थिरताले सुशासन सहज हुन नसकेको यथार्थ हो । प्रशासन यन्त्रलाई दलीयकरणबाट मुक्त राख्नु पर्छ । कर्मचारी प्रशासनमा दलीय आधारमा ट्रेडयुनियन स्थापना गर्ने होडबाजीलाई अन्त्य गर्नु जरुरी छ ।
देश कमजोर अवस्थाबाट गुज्रिरहेको छ । राजनीतिक दलका कारण सुशासन चुनौतीपूर्ण बनेको छ । देश बिदेशीको प्रयोगशाला बनिरहेको छ । देशमा विकृति मौलाएको छ ।
विकृतिलाई समयमा नै सुधार गर्न सकिएन भने यसले राम्रो गदैन । सुशासनका निम्ति राजनीतिक दल र तिनका नेताहरु इमानदार बन्नु पर्छ । दण्डहीनताको संस्कृति मौलाउँदै गएको छ । जवाफदेहिताको संस्कृति निर्माण हुन सकेको छैन । देशले अनेकौं समस्या भोग्नु परेको छ । देश निराशाको अवस्थाबाट गुज्रिरहेको छ ।
हाम्रो समाजमा भूमि भूमाफियाको कब्जामा छ, श्रम विदेश पलायन छ, पुँजी दलाल पुँजीपतिहरूको अधीनमा छ र सरकार माफियाको चँगुलमा फसेको छ। सरकारले नागरिकलाई अपेक्षाअनुसार सुशासन र विकाससहितको सेवा दिन नसक्दा व्यापक रूपमा जनआक्रोश, र असन्तुष्टि देखापरेका छन्।
नेपाल आर्थिक तथा राजनीतिक रूपले संकटग्रस्त अवस्थामा धकेलिएको छ। परनिर्भरता घट्ने होइन, अझै बढ्ने संकेतहरू देखापरेका छन्।
राजनीतिक दल र तिनका नेताहरुलाई आफू, आफ्ना परिवार र दलबाहेक अरू कसैको सरोकार छैन, विलासितामै जीवन बिताइरहेका छन्। राज्यसत्ता र साधन–स्रोत दुरुपयोग गरी नेताहरूले आफू, आफन्तजन र भरौटे÷ पछयौटेहरूको मात्रै विकास गरे । देशको बिकास गर्न सकेनन् ।
यो दलीय ब्यवस्थाले मात्रै छिमेकि मुलुकहरु संग सम्वनध सुधार गनै सक्दैन । तसर्थ , हिन्दु राष्ट्र र राजसंस्थाको अनिवार्यता छ । अहिले देशको अर्थतन्त्र टाट पल्टेको अवस्थामा छ। यसरी देश चल्दैन ।
मुलुकको अर्थतन्त्र तहसनहस पार्ने काम बाहेक दलीय ब्यवस्थामा अरु केहि प्रगति हुन सकेन । दलाल, भूमाफिया तथा तस्करहरुले मुलुक कव्जा गरेका छन । यिनीहरूको अन्त्य नगरेसम्म मुलुकमा समृद्धि र सुशासन कुनै हालतमा आउने छैन । शर्मा, राजनीतिक बिश्लेषक हुनु हुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend