अर्घाखाँची ११, मंसिर । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस नरपानीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । पछिल्लो जानकारी अनुसार हाल सम्म ११ पुरुष, ७ महिला र १ बालक गरी १९ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।
साथै दुर्घटनामा परि १४ जना घाइते भएका छन् । लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउदै गर्दा नरपानी बजार नजिकै कालाखोलामा अपरान्ह करिब ४ बजेतिर दुर्घटनाग्रस्त भएको हो ।
मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क ७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा २ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री रहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन । बस सडकबाट करिब ५०० मिटर तल खसेको छ । सडक भासिएर बस दुर्घटना भएको बताईएको छ ।
गम्भिर घाइते १२जनालाई उपचारको लागि बुटवल पठाईएको छ भने २ जना जिल्ला अस्पताल अर्घाखाँचीमा पठाईएको छ । मृत्युु हुनेको सनाखत हुन बाँकी छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए । मृतकको संख्या बढ्नसक्ने प्रहरीले बताएको छ ।
बाटोको मोड कटिङ्ग गर्नका लागि खनेको ठाउँबाट सडक भासिएर बस सडकबाट तल झरेको प्रहरीकोले बताएको छ । घटना स्थलमा प्रहरी शसत्र प्रहरी नेपाली सेना स्थानिय बासी पुगेर उद्दार गरिरहेका छन । स्रोत अर्घाखाँची डटकम




© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend