बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सुस्ताएको वै.रो .संघमा गैरेको नेतृत्व आए संगै छलफलले पायो तीव्रता !

सुस्ताएको वै.रो .संघमा गैरेको नेतृत्व आए संगै छलफलले पायो तीव्रता !

काठमाडौं १०, मंसिर । वैदेशिक रोजगार व्यवसायी संघमा बिष्णु गैरेको नेतृत्व आए संगै कामले फड्को मार्न सुरु गरेको छ । यस अघि वैदेशिक रोजगार व्यवसायी सुस्ताएर बसे झै देखिएकोमा अहिले बिस्तारै अग्रसरता देखिएको छ ।

वैदेशिक रोजगारमा देखा परेका समस्या समाधान गर्न नयाँ नेतृत्व लागि परेकोले बिस्तारै व्यवसाय गर्न सजिलो हुने व्यवसायीले अपेक्षा गरेका छन् । बिभिन्न राजनैतिक दलका नेता देखि सरोकारवाला निकाय संग भेटघाट र छलफल गर्न लागेको देखिएको छ ।

यस्तै वैदेशिक रोजगार व्यवसायी संघले नवनियूक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव संग आफना समस्या राखेको भोली पल्ट वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालाई पनि ध्यानाकर्षण गराएको छ ।

संघले विभागमा दर्ता रहेका सबै ८ सय ५४ व्यवसायीहरुलाई अनुशिक्षण तालिम प्रदान गरिनुपर्ने, राष्ट्र बैंकले जारी गरेको दश लाख भन्दा माथिको कारोवारमा बैकिङ प्रणालीबाट गर्ने व्यवस्था भएपनि विभागले जुनसुकै कारोवार बैंक माार्फत गर्न बाध्य पार्दा त्यसले कामदार र व्यवसायी दुवैलाई झन्झट पार्ने भन्दै विभागको ध्यानाकर्षण गरेको छ ।

संघका अध्यक्ष विष्णुप्रसाद गैरेको नेतृत्वमा व्यवसायीको टोलीले महानिर्देशक डा. भूसाललाई उक्त ध्यानाकर्षणपत्र बुझाउन विभाग गएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend