सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीमा भीरबाट लडेर एक जनाको मृत्यु

अर्घाखाँचीमा भीरबाट लडेर एक जनाको मृत्यु

अर्घाखाँची ८,मंसिर । अर्घाखाँचीमा एक जनाको भीरबाट लडेर ज्यान गएको छ । भुमिकास्थान नगरपालिका–९, डेभाका जगबहादुर नेपालीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

७० बर्षिय नेपाली शुक्रबारदेखि बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा आइतबार दिउँसो उनको स्थानीय सल्लेडाँडाको भीरमा शव भेटिएको बताईएको छ ।

शवको अर्घाखाँची जिल्ला अस्पतालमा पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उनी अत्याधिक मदिरा सेवन गरेर उनी भीरबाट लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend