मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

देउवालाई बास्कोटाको पोखराबाट जवाफः काठमाण्डौमा तरङग

देउवालाई बास्कोटाको पोखराबाट जवाफः काठमाण्डौमा तरङग

कास्की ८ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको आरोपको प्रतिक्रिया सरकारका प्रवक्ता गोकुल बास्कोटाले जवाफ फर्काएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा पत्रकाहरुको प्रश्नको जवाफ दिँदै नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने म्याउँ गर्न नसक्ने, अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएको आपत्ति जनाए ।

पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाको दावी थियो ।

राष्ट्रहित विपरीत कांग्रेस नेतृत्वको तत्कालीन सरकारले टनकपुर सन्धि गरेकोदेखि अघिल्लोपटक देउवा प्रधानमन्त्री बन्दा भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको प्रसंगसमेत बास्कोटाले उठाए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend