सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

धादिङमा बस दुर्घटना एकजनाको मृत्यु, ४० घाइते

धादिङमा बस दुर्घटना एकजनाको मृत्यु, ४० घाइते

काठमाडौँ ८, मंसिर । धादिङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका–६ बैरेनीबजारमा बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस दुर्घटना हुँदा अन्य ४० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend