काठमाडौं ७, मंसिर । प्रतिपक्ष दल नेपाली कांग्रेस लगायत दलहरुले भारतले सिमाना मिचेको बिषयमा सरकार बोल्न नसकेको आरोप लगाईरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सीमा विवादबारे परराष्ट्र मन्त्रालयले भारतलाई पत्र पठाएको बताएका छन् ।
बाग्लुङको बुर्तिबाङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो पत्रको ड्राफ्ट आफू र प्रधानमन्त्री केपी ओलीले हेरेको समेत बताए ।
उनले सुस्ता र कालापानीको समस्या जटिल र गम्भीर रहेको भन्दै यस विषयमा राष्ट्र एकताबद्ध रहेको बताए । सीमा मिचिएको बेलामा सरकारले प्रभावकारी रुपमा कुटनीतिक संयन्त्र प्रयोग गर्न नसकेको आरोप लागिरहेका बेला प्रचण्डले समस्या समाधान गर्न सरकारले काम गरिरहेको पनि बताए । उनले पार्टी निर्णयको अवज्ञा नगर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend