बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

वैदेशिक रोजगार व्यवसायी संघले मुख खोल्योः अब के गर्लान श्रम मन्त्री यादव ?

वैदेशिक रोजगार व्यवसायी संघले मुख खोल्योः अब के गर्लान श्रम मन्त्री यादव ?

काठमाडौं ६, मंसिर । वैदेशिक रोजगारको बिषयमा नियम, कानुन, बनाउँदा सरकारले एकलौटी तरिकाले निर्णय गर्ने गरेको गुनासो म्यानपावर व्यवसायीहरुबाट बेला बेलामा आउने गर्छ । तर सरकारले भने सरोकारवाला निकायहरु संग छलफल गरेरै अगाडी बढेको दावी गरेको पाईन्छ । यीनै बिषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघ बिच खटपट हुने गरेको छ ।

यसै बिच श्रम मन्त्री गोकर्ण बिष्टले मन्त्रालय छोडेको भोली पल्ट नवनियूक्त श्रम मन्त्री रामेश्वर राय यादवलाई वैदेशिक रोजगार व्यवसायी संघले आफूसँग छलफल नगरी नयाँ निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी, श्रमिक र सम्बन्धित निकायबीच समन्वय, सहकार्य गरी कुनै पनि निर्णय गर्दा व्यवसाय, व्यवसायी र श्रमिकको हित हुने र यसरी गरिने सहकार्य सम्वादबाट मात्र सकारात्मक परिणाम प्राप्त हुने उल्लेख गरेको छ ।

संघले विभागलाई सम्बोधन गरेर विज्ञप्ति निकालेको हो । संघले मन्त्रालयको एकलौटी निर्णयले वैदेशिक रोजगार क्षेत्रमा समस्या समाधान हुनु भन्दा समस्या बढदै गएको बताउँदै आएको छ ।

‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र व्यवसायीले यसरी सहकार्यको अपेक्षा गरेता पनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, सम्वाद, सहकार्य र छलफल नगरी एकतर्फी रुपमा एक पछि अर्को गर्दै विभिन्न निर्णय गर्ने, विभिन्न कागजात माग गर्ने र नयाँ नयाँ प्रावधानहरु लागू गर्ने जस्ता कार्यले व्यवसायीमा दुविधा उत्पन्न भएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले ‘आगामी दिनमा ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरु लागु गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी निर्णय, प्रावधान लागु गर्न गराउन वैदेशिक रोजगार विभाग लगायतका सम्बन्धित निकायमा अनुरोध गरिन्छ,’ संघका महासचिव सुजितकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend