काठमाडौं ५, कात्तिक । हिजो नियूक्ती पाएका मन्त्रीहरुले आज शपथ ग्रहण संगै पद ग्रहण गरेका छन् । नवनियूक्त बिभिन्न मन्त्रीहरुले आफनो कामको बारेमा प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
यसै बिच गोकर्ण बिष्टको ठाउँमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका रामेश्वर राय यादव यति बेला सवैको ध्यान उनीमाथि गएको छ ।
बिहीबार मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै श्रम मन्त्री यादवले विगतमा देखिएका बेथिति एवं विसंगतिलाई समाप्त गरेर पारदर्शी हिसावले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउने उनले उद्घोष गरे ।
उनले वैदेशिक रोजगार क्षेत्रमा रहेका बेथिति एवं विसंगतिहरुलाई समाप्त गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले सकेसम्म स्वदेशमै रोजगारी दिलाउनेतर्फ पनि आफुले गृहकार्य गर्ने बताए ।
उनले वैदेशिक रोजगारको सिलसिलामा कुनै पनि किसिमको भ्रष्टाचार र अनियमितता आफुलाई सह्य नहुने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend