सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गरे के छ असम्भब २१ बर्षिय नेपाली युवा हेम राजले बनाए यस्तो मोबाइल एप ! (भिडियो सहित)

गरे के छ असम्भब २१ बर्षिय नेपाली युवा हेम राजले बनाए यस्तो मोबाइल एप ! (भिडियो सहित)

काठमाडौं ४,मंसिर । फेसबुक, ट्वीटर, युट्युब, टिकटक, इन्ष्टाग्राम, हाम्रो पात्रो, पठाओ, दराज एप लगायत १०० भन्दा बढी विश्व चर्चित एपहरु एउटै एपमा चलाउने मिल्ने गरी सोसल एप नामक नयाँ मोबाईल एप बजारमा आएको छ । अनलाइन मार्ग मिडियद्धारा निर्माण गरिएको उक्त एप मंगलबार गुगल प्ले स्टोरमार्फत सार्वजनिक भएको हो ।

उक्त एप तत्काललाई गुगल प्ले स्टोरमा मात्रै सार्वजनिक गरिएको र निकट भविष्यमै एप स्टोर र विन्डोजमा समेत उपलब्ध हुने सोसल एपका फाउण्डर हेम राज जोशीले बताए ।

सोसल एप किन डाउनलोड गर्ने भन्ने हाम्रो प्रश्नमा फाउण्डर जोशी भन्छन्, ‘मोबाईल स्पेश थोरै लिने ९३ एमबी भन्दा कम०, ह्याङ पनि नहुने चलाउन एकदमै सजिलो, सबै एपहरु एकै ठाउँमा भएका कारण व्यवस्थित एप पनि हो यो, एउटा मोबाईलमा एकै पटक धेरै एपहरु चलाउदा ब्याट्री चाडै सिद्धिन्छ तर यो पनि चलाउनुभयो भने ब्याट्री लामो समय टिक्छ ।, अरु एप जस्तो बेलाबेलामा विज्ञापन आएर दिक्क लाग्ने खालको यो एप होईन, यो एप सबैका लागि आवश्यक छ जस्तो लाग्छ मलाई ।’
नेपालमा यस्तो खालको एप पहिलोपटक बनेको उनको दाबी छ । अन्य देशमा यो एपसँग मिल्दाजुल्दा एपहरु बनेपनि यो एप जस्तो पृथक एप अहिलेसम्म नबनेको जोशीको भनाई छ । केही दिन पछि विशेष समारोहकाबीच सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँछ ।

https://www.youtube.com/watch?v=euH_FqKw8js&feature=share&fbclid=IwAR1EEMKo6Rbjq3ZG0PYibyuq1otMmdKSb4znXY7R0VGjQ90KlATN48yX6Ws

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend