सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ट्रेड युुनियन कांग्रेसमा ‘गैरमजदूर’ को हावी, युनियनभित्र दुई संस्था जन्माउने प्रयास

ट्रेड युुनियन कांग्रेसमा ‘गैरमजदूर’ को हावी, युनियनभित्र दुई संस्था जन्माउने प्रयास

काठमाडौं ४,मंसिर । नेपाल ट्रेड  युनियन कांग्रेसमा ‘गैरमजदूर’ को प्रतिनिधित्व हावी भएको छ ।युनियन भित्र गैरमजदूर हावी हुँदा युनियन नै फुटको संघारमा पुगेको छ ।

नेतृत्वमा पुगेका गैरमजदूरहरुले मंसिर ५ र ६ गते हुने युनियनको राष्ट्रिय समिति परिषद्बाट औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका लागि बेग्ला बेग्लै संस्था बनाउने प्रस्ताव गर्दैछन् । यसले ट्रेड युनियन कांग्रेस भित्र तीव्र असन्तुष्टि बढाएको छ ।

अहिले रामचन्द्र पौडेल, कृष्ण सिटौला, शेखर कोइरालको गुट युनियन भित्र सक्रिय छ । युनियनभित्रै दुई संस्था खडा गर्नमा वर्तमान नेतृत्वले मुख्य भुमिका खेलिरहेको स्रोत बताउँछ ।

वर्तमान कार्यसमितिमा प्रतिनिधित्व गर्ने नेतृत्वकर्ता कारखाना क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएको भएपनि उनीहरु श्रमिक नरहेको युनियन स्रोत बताउँछ ।

‘युनियनमा सरकारी अवकास प्राप्त कर्मचारी नेतृत्वमा छन् । पैसाको आडमा युनियनमा छिर्ने र मजदूरका नाममा राजनीति गरेर विदेश भ्रमणदेखि कमाउ धन्दामा लागेका छन्,’ नाम नबताउने सर्तमा युनियनका एक विभागिय प्रमुखले भने । आगामी परिषद्मा युवा र महिलाको बारेमा छलफल हुने भएपनि त्यहाँ पनि गैरमजदूरको प्रवेश गराउने चलखेल हुन लागेको स्रोतको दावी छ ।

त्यसका लागि विधान संशोधन गरेर गैरमजदूर छिराउने अर्को चलखेल सुरु भैरहेको युनियनमा आवद्ध एक नेताले बताए । आगामी परिषद्मा ट्रेड  युनियन कांग्रेसको काठमाडौं जिल्लाको आर्थिक छानविन र शुल्कको बारेमा परदर्शीता खोजिने, संगठन विस्तरमा व्यापक हुन नभएको बारे नेतृत्वको जवाफ माग्ने, युनियन सरकारी कर्मचारीको क्लव भएकोप्रति नेतृत्वको ध्यानाकर्षण गराउने युनियनमा लामोसमय देखि आबद्ध नेताहरुले तयारी थालेका छन ।

उनीहरुका अनुसार युनियनमा सबैको अपनत्व हुन सकिररहेको छैन । चुनावको रिक्तताको निरन्तरतामा गुटगत व्यवहार छ ।महासंघलाई एक्लौटी ढंगले चलाइनु र महिला र युवाको अधिवेशन विधान विपरित हुनु गलत हो । यस बारेमा परिषद्मा कुरा उठाउने तयारी रहेको यूनियनमा आबद्ध असन्तुष्ट पक्षका नेताहरु बताउँछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend