बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

तरकारीको भाउ महँगो भएसँगै सर्वसाधारणको भान्सामा तरकारी पाक्न छाड्यो

तरकारीको भाउ महँगो भएसँगै सर्वसाधारणको भान्सामा तरकारी पाक्न छाड्यो

काठमाडौं ४, मंसिर । दैनिक उपभोग्य तरकारीको भाउ महँगो भएसँगै सर्वसाधारणको भान्सा महँगो हुँदै गएको छ । राजधानीवासीको मागअनुसार तरकारी आपूर्ति हुन नसकेका कारण सर्वसाधारणको भान्सा महँगो भएको हो । जसले गर्दा सर्वसाधारण उपभोक्ताले तरकारी कम उपभोग गर्ने मात्रै होइन तरकारी विकल्पमा गेडागुडी बढी उपभोग गर्न थालेका छन् ।

कलङ्कीमा भाडा लिएर परिवारसहित बस्दै आउनुभएकी भगवती घिमिरेको भान्सामा गएको असोजदेखि हरियो तरकारी कम पाक्न थालेको छ । उनले भनिन्, पहिले दुईथरि तरकारी, दाल र एउटा अचार अनिवार्य हुन्थ्यो अब चाडपर्वका दिनबाहेक अन्य दिन एउटै तरकारीले टार्ने गरेकी छु, यति गर्दा पनि सय रुपियाँको तरकारीले पाँच जनाको परिवारको छाक टार्न मुस्किल छ ।

अहिले काउली, बन्दा, मूला र सागको त सिजन हो तर त्यो छोइसाध्ये नै छैन के गर्ने ? यस्तै हुने हो भने त भाडामा बस्ने र सर्वसाधारण गरिबलाई त भान्सा चलाउनै समस्या भो घिमिरेले गुनासो गरिन्।

अहिले इस्कुस केजीको ४५ रुपियाँ, मूला प्रतिकेजी ६० रुपियाँमा पाइन्छ तीेबाहेक अन्य कुनै पनि तरकारी सय रुपियाँ कम मूल्यमा पाइँदैन, सामान्य कमाई हुनेले काठमाडौँमा कसरी बाँच्ने कालीमाटीमा तरकारी किन्दै गरेका देवेन्द्र अधिकारीले भने। उनले भने, तरकारी नआएर भन्नु भने बजारमा पर्याप्त तरकारी देखिन्छ किन महँगो भएको बुझन गाह्रो भो ।गोरखापत्र दैनिकमा खबर छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend