काठमाडौं १, कात्तिक । केही महिना देखि मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहेको छ । अब नयाँ मन्त्री को—को बन्लान भन्ने बिषयमा सबैको चासो बढ्दो छ । यसै बिच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन सम्भव भोली सोमबार नभए पर्सी मंगलबार गर्ने भएको छ । आज बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।
मन्त्रीको नाम टुंगो नलागेकाले यसको जिम्मा प्रधानमन्त्रीलाई दिएको नेकपाका एक नेताले खबर ब्रेकिङलाई बताए । सचिवालय बैठकले नयाँ मन्त्री चयनको सम्पूर्ण अधिकार प्रधानमन्त्री ओलीलाई दिएको उनको भनाई छ ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भए पनि कुनकुन मन्त्री हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषय टुंगो लागि नसकेले नयाँ मन्त्रीको नाम सोमबारसम्ममा टुंगो लाग्नेछ । ओलीले सरकारको प्रभावकारिता बढाउन आफूले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको भन्दै बैठकमा विषय प्रवेश गराएका थिए ।
यी हुन नयाँ मन्त्रीका सम्भावित नाम !
अहिले सम्भावित मन्त्रीका लागि नेकपाका नेताहरु धनश्याम भुषाल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, लेखराज भट्ट, पम्फा भुषाल, अग्नी सापकोटा, प्रभु साह, देव गुरुङ, महेश बस्नेको नाम चर्चामा छ । यस्तै उपप्रधानमन्त्री सहित कुनै मन्त्रालयको जिम्मेवारी पाउने नाममा टोपबहादुर रायमाझी र भीम रावलको नाम पनि चर्चामा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend