काठमाडौं १, मंसिर । गत बर्ष जस्तै यस बर्ष पनि आर्थिक वर्ष ०७५ र ७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका छन् ।
आज राजधानीमा आठौं कर दिवसको अवसरमा एक कार्यक्रम बीच अर्थमन्त्री खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरे । यस बर्ष पनि सिद्धार्थ शमशेर राणा धेरै कर तिर्ने करदातामा परेका छन् ।
यस्तै धेरै कर तिर्नेहरुमा सूर्य नेपाल प्रालि, निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् ।
मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल परेको छ ।
बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वर्ल्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएका छन् ।
अर्थमन्त्रालयका अनुसार पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हृयात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् । आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend