सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दाङबाट ‘विप्लव’ समूहका दुई कार्यकर्ता पक्राउ

दाङबाट ‘विप्लव’ समूहका दुई कार्यकर्ता पक्राउ

काठमाडौं १, मंसिर । प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ ।प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार बबई–५ ट्वाङखोलाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार ट्वाङखोलाबाट प्रदेश ३–०२००७ प १२०४ नंको जिक्सर मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा बबई–५ निवासी ३२ वर्षीय डाँगीलाई पक्राउ गरिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको छ । साथै उनी चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

यस्तै दाङबाट विप्लव समूहका अर्का एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विप्लव समूहका सेक्सन अध्यक्ष शान्तिनगर गाउँपालिका–१ पटेरीखोला निवासी ३० वर्षीय प्रकाश बुढामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend