पोखरा२८, कात्तिक । बंलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पर्यटकीय नगरी पोखराका बिभिन्न ठाउँको अवलोकन गरेका छन् । राष्ट्रपति हमिदले पत्नीसहित पोखरा फेवाताल जलबिहारको अवलोकन गरेका हुन् । पोखरामा हमिदको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो । दिवाभोजमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी लगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend