सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कृषि सामग्रीका प्रबन्धक र अनुसन्धान विभागका कर्मचारी अख्तियारको फन्दामा

कृषि सामग्रीका प्रबन्धक र अनुसन्धान विभागका कर्मचारी अख्तियारको फन्दामा

काठमाडौं २७ , कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीलाई पक्राउ गरेको समाचार प्राप्त भएको छ । आयोगले अनुसन्धान कार्यालयको सप्तरीस्थित जिल्ला कार्यालयमा सूचक पदमा कार्यरत धर्मेन्द्र कुमार झालाई पक्राउ गरेको हो ।

कर्मचारी झालाई हनुमानगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तगर्तको सीमा नाकामा सामान ल्याउन सहज गर्ने प्रयोजनका लागि पाँच हजार घुस लिँदा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धानले जनाएको छ ।

त्यसैगरी, आयोगले कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरमा कार्यरत शाखा प्रबन्धक आलोक कुमार र वरिष्ठ सहायक रामबाबु महतोलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । यो खबर गोरखापत्र अनलाईनमा छ ।आयोगले वरिष्ठ सहायक रामबाबु महतोको कार्यकक्षबाट स्रोत नखुलेको ६८ हजार रुपियाँ फेला परेपछि शाखा प्रबन्धक आलोक कुमारसहित महतोलाई पक्राउ गरेको जनाएको छ ।

प्रवक्ता कोइरालाले बिक्री नभई बाँकी रहेको विभिन्न जातका धानहरु लिलाम बिक्री प्रकृयामा अनियमितता गरेको उजुरीको आधारमा आयोगको टोलीले अनुसन्धान गर्ने क्रममा पक्राउ जानकरी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend