सुमन नेपाल, मण्डनदेउपुर, काभ्रे । यही मंसिर ७ गते, शनिबार मण्डनदेउपुर नगरपालिकामा रहेको श्री डेडीथुम्का मा.वि.बाट २०५३ सालको एसएलसी परीक्षामा सहभागी विद्यार्थीहरुको बनभोजसहितको प्रथम पुनरमिलन कार्यक्रमको तयारी शुरु भएको छ ।
मंगलवार काठमाडौंको ठमेलमा २०५३ ब्याचका साथीहरुको उपस्थितीमा सम्पन्न भएको तयारी भेलाले आगामी मंसिर ७ को पुनरमिलन कार्यक्रमको निर्णय गरेको हो ।

सो तयारी वैठकले कार्यक्रम विद्यालयका तत्कालिन नेपाली साहित्यका गुरु केशव ज्ञवालीको प्रमुख आतिथ्यता तथा गुरुहरु शंकरबहादुर खड्काको विशेष आतिथ्यता र बिजयकुमार लामिछाने, धर्मनारायण मेहता, रामकुमार सापकोटा, रामप्रसाद शर्मा लगायतकाहरूको आतिथ्यतामा धुलिखेलमा सम्पन्न सम्पन्न गर्ने निर्णय गरेको तयारी समितिका अध्यक्ष होमप्रसाद चौलागाईले जानकारी दिए ।
विभिन्न सम्मानसहित हुने कार्यक्रममा उपस्थित हुने सबै साथीहरूलाई डेडीथुम्का पढ्दाको सम्झना झल्कने मायाँको चिनो प्रदान गरिने हुदा कार्यक्रममा सम्बन्धित सबै साथीहरुको उपस्थितिका लागि पनि आमन्त्रण गरिएको उनले बताए ।
जसको तयारीका लागि गठित समितिमा होमप्रसाद चौलागाई अध्यक्ष, अप्सरा नेपाल उपाध्यक्ष, शिबहरी बजगाई सचिव, टुल्कु लामा सह–सचिव, जयराम श्रेष्ठ कोषाध्यक्ष र सदस्यहरुमा पुरुषोत्तम दुलाल, रामकुमार श्रेष्ठ, अनिता सापकोटा, जयराम घोरासैनी, सुदर्शन पौडेल, लक्ष्मी पौडेल, चमेली सापकोटा, सानुमाया श्रेष्ठ, नबराज बजगाई, आत्माराम गौतम रहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend