काठमाडौँ २७, कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले आप्रवासी कामदारमाथि ज्यादती भइरहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा काठमाडौंमा आयोजित ‘आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तर्राट्रिय सम्मेलन’ को उद्घघाटन गर्दै उपराष्ट्रपति पुनले आप्रवासी श्रमिकको अधिकार स्थापित हुन नसकेको समेत बताए । उनले ‘हाम्रा थुप्रै नागरिकले विभिन्न देशमा बिना अपराध जेल जीवन बिताइरहेको समेत बताए । कामदारले तोकिएको ज्याला नपाउने, श्रमशोषण र यौनशोषणमा पर्ने, कामबाट बिनाकारण निकालिनेजस्ता समस्या भोगिरहेको उपराष्ट्रपतिले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend