डडेलधुरा २६, कात्तिक । कात्तिक १७ गतेदेखि डडेलधुरामा अनशन बसेका डाक्टर गोविन्द केसीले आज अनशन स्थगित गरेका छन् । डाक्टर केसीले १७ औँ अनशन स्थगित गरेका हुन् ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै डाक्टर गोविन्द केसीले १७ औँ अनशन बसेका थिए । उनले भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभागसमेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको बताउँदै अनशन स्थगित गरेका हुन् ।
आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा बिनाभेदभाव र बिनाभय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend