काठमाडौं २६, कात्तिक । कम्प्यूटर एशोसिएशन नेपाल महासंघ ( क्यान फेडेरेशन ) को आगामी मंसिर ७ गते हुने निर्वाचनको लागी नवराज कुवँर प्यानलले आफना उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि १३ औं कार्यसमिति निर्वाचनको लागी उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
अध्यक्षमा नवराज कुवँर, संस्थागत साधारण समूहबाट राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ,शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने र संस्थागत आजिवन समूहबाट डा. पवन कुमार शर्मा, नवीन जोशी, राजेन्द्र अर्याल, साथै व्यक्तिगत आजिवन समूहबाट प्रा.डा शुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारीको नाम सार्वजनिक गरेको छ ।
यसै गरि व्यक्रिगत साधारण समूहबाट खुसल रेग्मी, रत्नतारा बैद्य, सुवास खड्का, धनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेशराज कार्की, वस्तुगत सदस्य समूहबाट नारायण बहादुर थापा, भोजराज भटट, चिरञ्जिवि अधिकारी, प्रताप सापकोटा र लेखा समितिमा लक्ष्मण यादव ( संस्थागत सदस्य समूह ) ह्रदयमान श्रेष्ठ ( व्यक्तिगत सदस्य ) भिमसेन गिरी जिल्ला शाखाको लागी नाम सार्वजनिक गरेको हो ।
यही मंसीर ७ गते हुन लागेको निर्वाचनको लागी कुवँर प्यानल समूहले आफना चुनावी प्रतिबद्ता समेत सार्वजनिक गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend