काठमाडौं २३, कात्तिक । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आगामी मंगलबार नेपाल आउने पक्का भएको छ । राष्ट्रपति हमिद तीन दिने नेपाल भ्रमणमा आउन लागेको बताईएको छ । नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्री, लगायत प्रमुख दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend