काठमाडौं २२, कात्तिक । भारतले एकतर्फी रुपमा आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरे संगै देशैभर बिरोधका आवाज घन्कीएका छन् । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउदै आएका छन् ।
यसै बिच अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष आलोक रायमाझीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।
काठमाडौंको बागबजारमा भारतले आफनो राजनीति नक्सा सार्वजनिक गरेको बिरोधमा पुत्ला दहन गरेका हुन् । नेता रायमाझीले भारतको विस्तारवादी निति र हेपाहा प्रवृतिको आफूहरुलाई सहय नभएको बताए ।
उनले त्यही प्रवृतिको विरुद्धमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरि सांकेतिक विरोध गरेका बताए । यूवा नेता रायमाझीले असमान सुगौली सन्धीलाई खारेज सम्पूर्ण नेपाली जनतालाई आन्दोलनमा उत्रिनको लागि आहवान् समेत गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend