अर्घाखाँची २०, कात्तिक । अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् । आज रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार सन्धिखर्कको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा २ जना पुरुष १ जना महिलाको मृत्यु भएको र उनीहरुको पहिचान अहिले पहिचान हुन सकेको छैन।
घाइतेलाई उपचारका लाति प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन्। कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो। घटनास्थलमा स्थानिय र प्रहरीले उद्धार गरिरहेका छन । थप बिवरण आउन बाँकी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend