काठमाडौं १८, कात्तिक । नेपाली कथानक चलचित्र ‘बुलबुल’ साउथ एसियन फिल्म फेस्टिबल’मा छनोट भएको छ । प्रतिष्ठित फिल्म फेष्टिबल मध्यको एक साउथ एसियन फिल्म फेस्टिबल’का लागि विनोद पौडेल निर्दे्शित चलचित्र ‘बुलबुल’ छनोट भएको हो ।
जनवरी २८ देखि फेब्रुअरी २ सम्म चल्ने फेष्टिबल फ्रान्सको पेरिसमा हुने छ । आयोजकले चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई बोलाएको छ । “आयोजकले चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई प्राथमिकता दिएर बोलाएको छ,” निर्देशक पौडेलले भने, “म र स्वस्तिमा सहभागी हुन जाँदैछौं । यसका लागि हामीलाई निमन्त्रणा आइसकेको छ ।”
साउथ एसियन फिल्म फेस्टिबल’मा यस अघि मीन भामको ‘कालो पोथी’ र दीपक रौनियारको ‘ह्वाइट सन’ पनि छनोट भएका थिए ।
साउथ अफ्रिकाको ट्युनिसियामा हुने कथाज फिल्म फेष्टिवलको एसियन सेक्सनमा ‘बुलबुल’ले तीन वटा स्क्रिनिङ पाएको छ । “उक्त फेष्टिवलमा यो अवर पाउनु पनि हाम्रा लागि निकै राम्रो हो,” विनोद भन्छन् । नोभेम्बरको अन्तिममा यो फेष्टिबल हुँदैछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend